६ जना फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, २४ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत उनीहरूलाई खोजतलास गर्ने क्रममा बुधबार पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रतिवादीमध्ये जालसाजी मुद्दामा ३ जना, चोरी मुद्दामा १ जना तथा कुटपिट÷लुटपिटसम्बन्धी मुद्दामा २ जना रहेका छन् ।
प्रहरीका अनुसार जालसाजी मुद्दामा अदालतबाट दुई–दुई वर्ष कैद सजाय तोकिएका तीन जना फरार थिए ।
त्यस्तै, चोरी मुद्दामा ३ दिन कैद तथा जरिवाना तोकिएका एक जना र कुटपिट तथा लुटपिटसम्बन्धी मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका दुई जनालाई पनि पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट सजाय तोकिएर फरार रहेका अन्य प्रतिवादीको समेत खोजी तथा पक्राउ अभियान जारी रहेको जनाएको छ ।


