धनुषाका शैक्षिक संस्था दुई दिन बन्द
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको निधनप्रति शोक व्यक्त गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) धनुषाले एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
हिसान धनुषाले आइतबार सूचना जारी गर्दै मण्डलको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।
निजी विद्यालयका छाता संगठनहरूको निर्णयअनुसार भदौ २२ गते सोमबार हिसान धनुषामा आबद्ध सम्पूर्ण विद्यालय तथा क्याम्पसमा शोक बिदा रहने जनाइएको छ ।
त्यस्तै, नेपाल सरकारको निर्णयअनुसार भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा रहेकाले दुई दिन विद्यालय तथा क्याम्पसमा पठनपाठन नहुने भएको छ ।
हिसान धनुषाका अध्यक्ष संजीवकुमार ठाकुरद्वारा जारी सूचनाअनुसार भदौ २४ गते बुधबारदेखि नियमित रूपमा पठनपाठन सञ्चालन हुनेछ ।



