आशा चलचित्र मन्दिरका सञ्चालक आमा छोरीले प्रधानमन्त्री राहत कोषमा दिए २ लाख
जनकपुरधाम, २० भदौ । देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जनकपुरधामस्थित आशा चलचित्र मन्दिरका प्रोप्राइटर उर्वशी गिरी र उनकी छोरी आकृति गिरीले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।
गिरी आमा छोरीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रधानमन्त्री राहत कोषमा जनही १ लाख रुपैयाँका दरले कुल २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
विपद्को समयमा प्रभावित तथा पीडितको सहयोगका लागि राहत कोषमा योगदान गर्दै उनीहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् ।
संकटको घडीमा निजी क्षेत्र तथा सर्वसाधारणको सहयोगले राहत, उद्धार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।


