जनकपुरधाम, १७ भदौ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा इनारमा खसेको बाख्रा निकाल्न पसेका एक युवकको निस्सासिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय रामचन्द्र रौनियार रहेका छन् ।

प्रहरीका अनुसार गोलघर नजिक रहेको सार्वजनिक इनारमा भदौ १३ गते बिहान बाख्रा खसेको थियो ।

बाख्रा निकाल्नका लागि रामचन्द्र इनारभित्र पसेका थिए । इनारभित्र पसेपछि अक्सिजनको अभावमा निस्सासिएर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले उद्धारको प्रयास गरेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।