जनकपुरधाम, १५ भदौ । जनकपुरधामस्थित बलराम ज्वेलर्सका सञ्चालक बलराम साहले रसुवामा गएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले साहले उक्त रकम प्रदान गरेका हुन् ।

साहले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

उनले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि निजी क्षेत्र, व्यवसायी तथा सर्वसाधारण सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

रसुवालगायत विभिन्न क्षेत्रमा बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति भएपछि पीडितको उद्धार र राहतका लागि सहयोग जुटाउने क्रम जारी छ ।