सिमराबाट ११ वर्षीया बालिका बेपत्ता

बारा, ०९ भदौ । बाराको सिमराबाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्ब।
जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदन परेपछि प्रहरीले बालिकाको खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार बालिका कहाँबाट र कुन परिस्थितिमा बेपत्ता भएकी हुन् भन्ने विषयमा पनि खोज तथा अनुसन्धान भइरहेको छ ।
प्रहरीले सम्भावित स्थानमा खोजी गर्नुका साथै घटनाबारे आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ ।
बालिकाबारे जानकारी प्राप्त भए प्रहरीलाई खबर गर्न परिवारले आग्रह गरेको छ ।
प्रहरीले पनि बालिकाको खोजीमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ ।

