जनकपुरधाम, ०२ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दाका २ जना, कुटपिट मुद्दाका ३ जना, जालसाजी मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका १ जना र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दाका १ जना रहेका छन् ।

प्रहरीका अनुसार अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि उनीहरू वारदातपछि फरार रहेका थिए ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धनुषामा बुझाइएको छ ।