जनकपुरमा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु

जनकपुरधाम, ३१ साउन । जनकपुरधाममा खानेपानीको मोटरको स्वीच थिच्ने क्रममा करेन्ट लागेर एक २३ वर्षीया महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा गाउँपालिका–१ की रविन्द्र महतोकी श्रीमती पुनिता कुमारी महतो रहेकी छन् ।
प्रहरीका अनुसार पुनिता जनकपुरधाम–१७ स्थित आफ्ना भिनाजुको घरमा आएकी थिइन् ।
घरमा खानेपानीको मोटर चलाउन स्वीच थिच्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

