जनकपुरधाम, ३० साउन । ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

समाजको अध्यक्षमा दीपेन्द्र कुमार ठाकुर चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोविन्द राय चन्दन र शत्रुध्न ठाकुर, महासचिवमा रवीन्द्र कुमार चौधरी, कोषाध्यक्षमा परमानन्द शर्मा तथा सचिवमा दीपक मिश्र चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरूमा विभा पाण्डेय, सरिता शर्मा, अमर कुमार पाण्डेय, नवीन पाण्डेय, रुपेश ठाकुर, अनिल पाण्डेय, जय नन्दन पाण्डेय र सुमन ठाकुर रहेका छन् ।

समाजको नयाँ कार्यसमिति चयनसँगै संस्थाको नयाँ भवनसमेत उद्घाटन गरिएको छ ।

उद्घाटन तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल, पूर्वमन्त्री रामसरोज यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलगायतको सहभागिता रहेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरूले ब्रम्हर्षी समाजलाई थप व्यवस्थित र सुदृढ बनाउँदै सामाजिक एकता, संस्थागत विकास तथा समुदायको हितका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ कार्यसमितिबाट समाजको सामाजिक तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।