अन्तर्राष्ट्रिय युवा दिवसमा जनकपुरधाममा रास्वपाको रक्तदान

जनकपुरधाम, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामस्थित जनकचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रास्वपाका जिल्ला सचिव रमेश पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
सञ्जय मिश्र र रमेश साहको संयोजनमा आयोजित कार्यक्रममा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा रक्तदानलाई मानवीय सेवासँग जोड्दै युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने उद्देश्य रहेको रास्वपाले जनाएको छ ।
रक्तदान कार्यक्रममार्फत आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।






