धनुषामा १७ वर्षीया किशोरी घरमै मृत फेला
जनकपुरधाम, २७ साउन । धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुहामा १७ वर्षीया किशोरी आफ्नै घरको कोठामा मृत फेला परेकी छन् ।
बुधबार बिहान करिब ११ः३० बजे पार्वती खत्वे मण्डल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । किशोरीको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा किशोरीको मृत्यु हत्या वा आत्महत्यामध्ये के कारणले भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धानपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।


