जनकपुरधाम, २४ साउन । धनुषामा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिकाबाट शङ्कास्पद पदार्थसहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्लास्टिकसहित १ दशमलव ६५ ग्राम र प्लास्टिक हटाउँदा १ दशमलव ०६ ग्राम तौल भएको पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थ प्रारम्भिक रूपमा ब्राउन सुगरजस्तो देखिए पनि यसको वास्तविक प्रकृति पुष्टि गर्न आवश्यक परीक्षण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।