जनकपुरधाम, साउन २२ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

अधिवक्ता हेमबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता राधाकान्त झा, सचिवमा दिलीप मण्डल र कोषाध्यक्षमा आरती कुमारी साह सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा टुनेश्वर साह, किरण झा, दीपक परसैला, हेमन्त झा, सन्तोष झा र अञ्जली सिंह चयन भएका छन् ।

सर्वसम्मत रूपमा चयन भएको नयाँ नेतृत्वले कानुन व्यवसायीहरूको पेशागत हकहित संरक्षणसँगै संस्थाको उद्देश्यअनुरूप काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूले विधिको शासनलाई सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन गर्ने तथा कानुनी क्षेत्रका समसामयिक विषयमा संस्थाको भूमिका थप प्रभावकारी बनाउने बताएका छन् ।

नयाँ कार्यसमिति चयनसँगै डिएलए जनकपुरधामका गतिविधिलाई थप सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास गरिएको छ ।

कानुन व्यवसायीहरूको पेशागत क्षमता अभिवृद्धि तथा उनीहरूको हकहितका विषयमा संस्थाले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने जनाइएको छ ।