जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिवकुमार साह ‘चन्दन’ सर्वसम्मत

जनकपुरधाम, ०९ साउन । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ ।
संघको अध्यक्षमा राजिवकुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको साधारणसभापछि गठित वरिष्ठ सदस्य, पूर्व पदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले सर्वसम्मत सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक मनिषरमण साहले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजयकुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोदकुमार साह, सचिवमा दीपककुमार साह तथा कोषाध्यक्षमा सत्रोहन साह सर्वसम्मत रूपमा चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा प्रविण साह, अलंकारकुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार २०६१ सालमा दर्ता भएको संघको विधान तथा प्रस्तावनाअनुसार यसपटक जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सदस्यहरूलाई समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिले सुनचाँदी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

