धनुषामा खैरो हिरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित एक पक्राउ

जनकपुरधाम, ०२ साउन । धनुषा प्रहरीले लागूऔषध र सर्टगनका गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा ०.११० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ तथा सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम तथा ठेगाना सार्वजनिक गरेको छैन ।
बरामद गरिएको पदार्थ लागूऔषध हो वा होइन भन्ने विषयमा थप परीक्षण गरिने जनाइएको छ ।
घटनाका सम्बन्धमा लागूऔषध तथा हतियारसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

