जनकपुरधाम, ०२ साउन । धनुषा प्रहरीले १९ किलो १९ ग्राम गाँजासहित एक जनालाई अटोसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको एक स्थानबाट चार पोकामा प्याक गरिएको १९ किलो १९ ग्राम गाँजा बरामद गरेको हो ।

उक्त गाँजा ओसारपसारमा प्रयोग गरिएको अटोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाँजासहित अटो चालकलाई पक्राउ गरी लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिको परिचय तथा घटनाबारे विस्तृत विवरण अनुसन्धानका क्रममा सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

धनुषा प्रहरीले लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तर तीव्र बनाइएको जनाएको छ ।