जनकपुरधाम, ३० असार । जनकपुरधाममा लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको चार्टर समारोह सम्पन्न भएको छ ।

समारोहसँगै क्लबको पहिलो कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विकास कुमार साह चयन भएका छन् ।

त्यसैगरी, प्रथम उपाध्यक्षमा लक्ष्मण साह, द्वितीय उपाध्यक्षमा विकास कुमार चौधरी, सचिवमा विष्णु कुमार साह, कोषाध्यक्षमा दिपेश कुमार सिंह, सहसचिवमा मनोज साह तथा सहकोषाध्यक्षमा शत्रोहन साह चयन भएका छन् ।

क्लबको सदस्यता संयोजक (मेम्बरसिप चेयरपर्सन) मा विकास साह, मार्केटिङ चेयरपर्सनमा अमित साह, एलसीआईएफ (LCIF) संयोजकमा डा. ऋषिकेश प्रताप साह तथा सेवा (सर्भिस) चेयरपर्सनमा निराजन कुमार कुशवाहा चयन भएका छन् ।

त्यस्तै, निर्देशकहरूमा ऋतिक सिंह, जयन्त कदमिया र शिवेन्द्र साह रहेका छन् ।

रामबाबु गुप्ता र ऋषिकेश साहले गाइडिङ लायनको जिम्मेवारी सम्हाल्ने भएका छन् भने एक्सटेन्सन चेयरपर्सनमा पास्ट डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय र डिस्ट्रिक्ट जीईटी (GET) कोर्डिनेटरमा मनीष रमण साह चयन भएका छन् ।

चार्टर समारोहमा वक्ताहरूले लायन्स अभियानलाई समाजसेवा, नेतृत्व विकास र मानवीय सेवाको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जनकपुरधाममा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा क्लबले सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसमेत सार्वजनिक गरिएको थियो ।

समारोहमा लायन्सका विभिन्न तहका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, समाजसेवी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै समुदायमुखी सेवा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।