सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । घटनामा उनी गम्भीर घाइते भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीका अनुसार गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि मण्डलले घरबाट करिब २०० मिटर टाढा पुगेर आत्मदाहको प्रयास गरेका हुन् ।

घटना हुँदा घरमा परिवारका अन्य सदस्य उपस्थित नरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।