जनकपुरधाम, २५ असार । जनकपुरधाममा दन्त उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले तराई डेन्टल क्लिनिकले आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

क्लिनिकले हस्पिटल रोड (बाह्र बिघादेखि रामानन्द चोक जाने सडक) जनकपुरधाम–८ मा आफ्नो नयाँ शाखा सुरु गरेको हो ।

क्लिनिककी सञ्चालक डा. मिशा महासेठले पछिल्लो समय दन्त उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको र एउटै केन्द्रबाट सेवा प्रवाह गर्न कठिन हुँदै गएकाले नयाँ शाखा विस्तार गरिएको बताइन् ।

उनका अनुसार नयाँ शाखाबाट अत्याधुनिक उपकरणसहित दाँत परीक्षण, फिलिङ, स्केलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत जडान, बालबालिका तथा वयस्कका दन्त उपचारलगायतका सेवा उपलब्ध गराइनेछ ।

डा. महासेठले गुणस्तरीय, सुरक्षित र बिरामीमैत्री सेवा प्रदान गर्नु क्लिनिकको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नयाँ शाखा सञ्चालनसँगै सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

‘हाम्रो लक्ष्य उपचार मात्र नभई दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सबै नागरिकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु पनि हो,’उनले भनिन् ।

क्लिनिकका अनुसार नयाँ शाखा सञ्चालनपछि जनकपुरधाम तथा आसपासका क्षेत्रका सेवाग्राहीले अझ सहज रूपमा विशेषज्ञ दन्त उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।