बारा, २३ असार । बाराको सुवर्ण गाउँपालिका–१ कवही गोठमा रुख काट्ने क्रममा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–१ निवासी चमरटोलका जोखन राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुख काट्ने क्रममा अचानक रुख ढलेर च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।