जानकी मन्दिरमा लायन्सको निःशुल्क स्वास्थ्य शिविर

जनकपुरधाम, २१ असार । समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ ।
लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम र लियो क्लब अफ क्यापिटलको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरिएको आयोजकले जनाएको छ ।

शिविरमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणका साथै स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श पनि प्राप्त गरेका थिए ।
समुदायस्तरमा स्वास्थ्यप्रति जनचेतना बढाउने र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन् ।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता स्वास्थ्य तथा जनहितका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

