एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा चयन

जनकपुरधाम, २१ असार । एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधाम समूहको नयाँ संयोजकमा क्लोथ बैंक नेपालका सचिव मनिष झा ‘श्रीओम’ सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
जनकपुरधाममा सम्पन्न समूहको साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै झालाई संयोजकको जिम्मेवारी दिएको हो ।
कार्यक्रम एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष शम्भू ठाकुरको प्रमुख आतिथ्य तथा निवर्तमान संयोजक कमल साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साधारणसभाले समूहको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको सह–संयोजकमा उर्मिला यादव, सचिवमा अम्बिका प्रसाद कर्ण, कोषाध्यक्षमा मुकेश ठाकुर तथा सदस्यहरूमा फूलकुमारी साह, कैलाश प्रसाद, उदयचन्द्र यादव, सञ्जय प्रसाद साह र शिवशंकर मिश्र चयन भएका छन् ।
त्यसैगरी, कमल साह, डा. विनय कुमार झा र रमेश कुमार साह सल्लाहकार समितिमा मनोनित भएका छन् भने प्रदेश प्रतिनिधिका रूपमा कमल साह र उर्मिला यादव चयन भएका छन् ।
कार्यक्रममा वक्ताहरूले मानव अधिकारको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन तथा युवाको सक्रिय सहभागिता अभिवृद्धिका लागि एम्नेस्टी इन्टरनेसनलले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
एम्नेस्टी इन्टरनेसनल विश्वका १५० भन्दा बढी देशमा सक्रिय मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था हो । संस्थामा एक करोडभन्दा बढी सदस्य तथा समर्थक आबद्ध रहेका छन् ।
मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि संस्थाले विश्वभर विभिन्न अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

