एनवाईईएफ जनकपुर शाखाको अध्यक्षमा नवीन साह

जनकपुरधाम, २० असार । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुर शाखाको अध्यक्षमा नवीन साह चयन भएका छन् ।
मञ्चको छैटौँ वार्षिक साधारणसभाले साहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै, प्रथम उपाध्यक्षमा दीपक शर्मा र द्वितीय उपाध्यक्षमा प्रियांशु साह चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा सुमित गुप्ता, विशाल साह, सञ्जु नायक, जयकुमार साह, शिवरतन रौनियार, निखिल साह, युवराजकुमार साह, कञ्चन गुप्ता र काजोल शर्मा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष साह युवा सञ्चार उद्यमी तथा व्यवसाय क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।
निवर्तमान अध्यक्ष राजीव रौनियारले उनलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए ।
पदभार ग्रहणपछि अध्यक्ष साहले युवा उद्यमशीलताको विकास, नवउद्यम प्रवर्द्धन तथा उद्यमीहरूबीच सहकार्य विस्तार गर्ने आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।
उनले संस्थाको गरिमा र मूल्य मान्यतालाई कायम राख्दै उद्यमशीलतामार्फत समाज र राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा मञ्चको राष्ट्रिय शासी परिषद्का अध्यक्ष सुदीप घिमिरे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी, मञ्चका सल्लाहकार डा. सोनु कुमार, कानुनी सल्लाहकार अधिवक्ता सुदीप कोइराला तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधि प्रदीप दत्त विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

