हेल्मेट लगाऔं, मोटरसाइकलमा दुईजनाभन्दा बढी नचढाऔं

जनकपुरधाम, १७ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक सूचना जारी गर्दै ट्राफिक नियमको अनिवार्य पालना गर्न सबै सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
कार्यालयले विशेषगरी मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गर्दै हेल्मेट अनिवार्य प्रयोग गर्न, मोटरसाइकलमा दुईजना मात्र सवार गर्नुपर्ने नियम कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई सुनिश्चित गर्न नियमको पालना अपरिहार्य रहेको उल्लेख गर्दै लापरवाही नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार ट्राफिक नियम उल्लङ्घनका कारण सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले सबैले जिम्मेवार भएर सवारी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रहरीले आगामी दिनमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।

