जनकपुरधाम, १६ असार । साइबर अपराधसम्बन्धी उजुरी परेपछि नेपाली कांग्रेसका कार्यकर्ता ध्रुव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साइबरसम्बन्धी उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि झालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएपछि कानुनी प्रक्रियाअनुसार अनुसन्धानका लागि सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार सबै पक्षको निष्पक्ष अनुसन्धान भइरहेको छ । अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।