सर्लाही वन पैदावार आपूर्ति समितिको अध्यक्षमा बमजन नियुक्त

सर्लाही, २७ जेठ । मधेश प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार सर्लाही जिल्ला वन पैदावार आपूर्ति समितिको अध्यक्ष पदमा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य तथा महासमिति सदस्य सोनी कुमारी बमजन नियुक्त भएकी छन् ।
नियुक्तिसँगै समितिको सदस्यमा बनिता कार्की र गजेन्द्र साहलाई समेत जिम्मेवारी दिइएको छ ।
नवनियुक्त पदाधिकारीहरूले आफूलाई दिइएको जिम्मेवारीलाई पारदर्शिता, प्रभावकारी सेवा प्रवाह र वन पैदावार व्यवस्थापनलाई व्यवस्थित बनाउने दिशामा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनीहरूको नियुक्तिपछि जिल्लामा वन पैदावार आपूर्ति व्यवस्थापन थप प्रभावकारी हुने विश्वास गरिएको छ ।

