आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुखलाई हस्तान्तरण

जनकपुरधाम, १६ जेठ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष हस्तान्तरण गरेको छ ।
शनिबार मुख्यमन्त्री, अर्थमन्त्री, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा प्रदेश सरकारका सचिवले संयुक्त रूपमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको आर्थिक समृद्धि, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखेर तयार गरिएको छ ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकास निर्माणका योजनालाई गति दिने, लगानी आकर्षित गर्ने तथा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको जनाएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ ।


