नेशनल इन्जिनियर्स एसोसिएसनको मधेश प्रदेशमा नयाँ नेतृत्व

जनकपुरधाम, १४ जेठ । नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) ले मधेश प्रदेशको ४१ सदस्यीय प्रदेश समिति पुनर्गठन गरेको छ ।
संगठन विस्तार तथा पुनर्गठन समिति–२०८३ ले नयाँ समिति घोषणा गरेको हो ।
नेअन केन्द्रीय समितिको निर्णयअनुसार ई. सुशील प्रसाद देवको संयोजकत्वमा गठित संगठन विस्तार तथा पुनर्गठन समितिले प्रदेशस्तरीय संगठनलाई थप सक्रिय र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गरिएको जनाएको छ ।
पुनर्गठित समितिमा ई. मुकेश राज शाहलाई इन्चार्ज तथा ई. अजित कुमार मण्डललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । वरिष्ठ उपाध्यक्षमा ई. बम शंकर यादव चयन भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा ई. शिव चन्द्र यादव, ई. रामाकान्त प्रसाद यादव, ई. सन्तोष यादव र ई. नरेन्द्र कुमार यादव रहेका छन् । मुख्य सचिवको जिम्मेवारी ई. अरविन्द सिंह महतोलाई दिइएको छ ।
समितिका सचिवहरूमा ई. गौरव सर्राफ, ई. आशुतोष सिंह, ई. बैद्यनाथ यादव र ई. रञ्जित साह चयन भएका छन् भने कोषाध्यक्षमा ई. सरोज पटेल तथा सह–कोषाध्यक्षमा ई. निधि सिंह मनोनीत भएका छन् ।
त्यसैगरी, विभिन्न पदमा २८ जना सदस्य चयन गरिएको एसोसिएसनले जनाएको छ ।
नवगठित समितिमा ई. पंकज देव, ई. संजीव यादव, ई. रमेश माझी, ई. विपिन गोप, ई. सन्तोष राम, ई. रञ्जित कुमार यादव, ई. प्रशान्त कुमार यादव, ई. मनोज साहलगायत रहेका छन् ।
एसोसिएसनले नवगठित समितिले संगठनको विधान, नीति तथा प्रचलित कानुनअनुसार काम गर्दै मधेश प्रदेशमा इन्जिनियरहरूको हकहित र पेशागत अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।


