रौतहटमा बसको ठक्करबाट युवकको मृत्यु

रौतहट, १४ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–२ मा भएको दुर्घटनामा एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ना.५ ख ७२४८ नम्बरको बसले ना.२५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ नयाँबस्ती निवासी २६ वर्षीय शेख गुलाम गम्भीर घाइते भएका थिए ।
घाइते गुलामलाई तत्काल उपचारका लागि चन्द्रपुरस्थित सरकारी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।


