पर्सा, १२ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतले पक्राउ अनुमति दिएको हो ।

अदालत स्रोतका अनुसार ८ जेठमै पक्राउ पुर्जी जारी गरिएको थियो ।

पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिइएको पुष्टि गरेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले नागरिकतासम्बन्धी लिखत कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएको जानकारी दिए ।

प्रहरीले अदालतको आदेशअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।