जनलोकपाल आयोगमा दुई सदस्य नियुक्त

जनकपुरधाम, १२ जेठ । मधेश प्रदेश जनलोकपाल आयोगमा दुई जना सदस्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश जनलोकपाल ऐन, २०७७ अनुसार गठित सिफारिस समितिको सिफारिसमा महोत्तरीका संजीव कुमार झा र कुमारी सुजाता विमललाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार औरही नगरपालिका–७ निवासी संजीव कुमार झा तथा श्रीपुर नगरपालिका–८ निवासी कुमारी सुजाता विमललाई प्रदेश जनलोकपाल आयोग मधेश प्रदेशको सदस्यमा नियुक्त गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णुदेव साहद्वारा जारी विज्ञप्तिमा आयोगलाई थप प्रभावकारी र पूर्णता दिन सदस्य नियुक्ति गरिएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


