प्रदेश प्रमुखद्वारा लोक सेवा आयोग सदस्यमा विमला यादव नियुक्त

जनकपुरधाम, ११ जेठ । मधेश प्रदेश लोक सेवा आयोगको सदस्य पदमा धनुषाकी विमला यादव नियुक्त भएकी छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा धनुषाको सबैला नगरपालिका–६ निवासी विमला यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नियुक्ति सम्बन्धी निर्णय जेठ ११ गते गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णुदेव साहले जारी गरेको विज्ञप्तिमा आयोगलाई सक्षम, निष्पक्ष र प्रभावकारी बनाउन अनुभवी व्यक्तित्वलाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।
मधेश प्रदेश लोक सेवा आयोग प्रदेश सरकार अन्तर्गत कर्मचारी भर्ना, छनोट तथा सिफारिस सम्बन्धी कार्य गर्ने संवैधानिक निकाय हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


