धनौजीमा सशस्त्र प्रहरीको छापा, लुकाइएका मालसामान फेला

जनकपुरधाम, ११ जेठ । धनुषाको धनौजी गाउँपालिका–४ तरहीमा लुकाई छिपाई राखिएको विभिन्न अवैध मालसामान सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयको टोलीले उक्त क्षेत्रमा अनुगमन तथा खोजतलास गर्दा विभिन्न प्रकारका मालसामान फेला परेको जनाएको छ ।
बरामद सामग्रीहरू अवैध रूपमा भण्डारण गरिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बरामद गरिएका सामानहरूको यकिन विवरण, परिमाण तथा मूल्याङ्कन गर्ने प्रक्रिया जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।
साथै, बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको बताइएको छ ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय चोरी पैठारी तथा अवैध कारोवार बढ्न थालेपछि सुरक्षा निकायले निगरानी थप कडा बनाएको जनाएको छ ।

सशस्त्र प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा नियमित गस्ती, अनुगमन तथा सूचना संकलनलाई प्रभावकारी बनाउँदै अवैध गतिविधि नियन्त्रण अभियानलाई तीव्रता दिएको बताएका छन् ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


