सोनमा गाउँपालिकाका अधिकृत ७२ हजार घुससहित पक्राउ

जनकपुरधाम, ०८ जेठ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
उपभोक्ता समिति अध्यक्षसँग काम मिलाइदिने नाममा रकम मागिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई औरही सडक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
अख्तियारका अनुसार पक्राउ परेका यादवसँग थप नगद रकमसमेत रहेको आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


