जनकपुरधाममा निर्वाचन समीक्षाः आयोगले भन्यो– आगामी चुनाव अझ स्वच्छ र भयरहित बनाइन्छ

जनकपुरधाम, ०८ जेठ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनलाई अझ व्यवस्थित, स्वच्छ र भयरहित बनाउने प्रतिबद्धता जनाएको छ ।
निर्वाचनका क्रममा भएका सकारात्मक अभ्यास, देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे प्रदेशस्तरीय समीक्षा गर्न जनकपुरधाममा कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ ।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले निर्वाचन प्रक्रियाका क्रममा प्राप्त अनुभव, असल अभ्यास र सुधार गर्नुपर्ने रणनीतिसम्बन्धी सुझाव संकलन गरिएको जानकारी दिए ।

उनले संकलित सुझावका आधारमा आगामी निर्वाचनलाई अझ पारदर्शी, विश्वसनीय र भयरहित बनाउन आवश्यक कार्यान्वयन गरिने बताए ।
उनले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ अघि बढाइने तथा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
समीक्षा कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


