मधेशमा नयाँ सत्ता समीकरण, तीन दलबीच गठबन्धन सरकार गठन हुँदै

जनकपुरधाम, ०७ जेठ । मधेश प्रदेशमा सत्ता समीकरण परिवर्तन भई नयाँ गठबन्धन सरकार गठन हुने भएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रदेशको राजनीतिक समीकरण फेरिन लागिएको हो ।
सहमति अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नै मुख्यमन्त्री पदमा निरन्तर रहने भएका छन् ।
तीन दलबीच सरकार गठनबारे औपचारिक सहमति भइसकेको एक नेताले जानकारी दिए ।
नयाँ समीकरणअनुसार हाल सरकारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरूलाई सरकारबाट हटाउने तयारी गरिएको स्रोतले जनाएको छ ।
साथै, आजै नेकपा एमालेबाट एक जना मन्त्रीलाई शपथ गराउने तयारी भइरहेको पनि स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


