मधेश प्रदेश सरकारको शक्ति परीक्षण शुक्रबार

जनकपुरधाम, ०७ जेठ । मधेश प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने भएका छन् ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने निर्णय गरेको हो ।
सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लागेका हुन् ।
सरकार टिकाइराख्न सत्तारुढ गठबन्धनले आवश्यक बहुमत जुटाउने प्रयास तीव्र बनाएको छ ।
प्रदेश सभाको बैठकमा विश्वासको मतसँगै आगामी नीति तथा कार्यक्रम र बजेट अधिवेशनका विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


