जनकपुरधाम, ०४ जेठ । उच्च अदालतले जानकी मन्दिरको उत्तराधिकारी महन्तका रूपमा रामरोशन दासलाई मान्यता दिने फैसला गरेको छ ।

अदालतको निर्णयपछि धार्मिक तथा सामाजिक वृत्तमा स्वागत गरिएको छ ।

फैसलापछि साधुसन्त तथा शुभेच्छुकहरूले दासलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनीहरूले जानकी मन्दिरको परम्परा, धार्मिक आस्था तथा संस्कृतिको संरक्षणमा नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयले अदालतको निर्णयले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरूले अब जानकी मन्दिरको धार्मिक गतिविधि, व्यवस्थापन तथा विकासका कार्यहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरेका छन् ।

फैसला सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत ‘जय सियाराम’ नारासहित समर्थन र शुभकामनाका सन्देशहरू व्यापक रूपमा साझा भइरहेका छन् ।