राप्रपा नेपालकी ठाकुरले लिइन् प्रदेश सभा सदस्यको शपथ

जनकपुरधाम, ०४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समावेशी समूहअन्तर्गत मधेशी समूहको रिक्त रहेको मधेश प्रदेश सभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी सरिता कुमारी ठाकुर निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगले गत बैशाख ३० गते गरेको निर्णयअनुसार ठाकुर प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।
निर्वाचित भएपछि उनलाई सोमबार सभामुख रामअशिष यादवले प्रदेश सभा सदस्यको शपथ ग्रहण गराएका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताले ठाकुरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नवनिर्वाचित प्रदेश सभा सदस्य ठाकुरले जनताको अपेक्षा अनुरूप काम गर्दै प्रदेशको समृद्धि, सुशासन र समावेशी विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


