धनुषामा मिटरब्याज पीडितको धर्ना

जनकपुरधाम, ०४ जेठ । मिटरब्याजको मारमा परेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् ।
विभिन्न जिल्लाबाट आएका पीडितहरूले आफूहरू अन्यायपूर्ण ऋण र चर्को ब्याजका कारण आर्थिक तथा मानसिक समस्यामा परेको गुनासो गरेका छन् ।
धर्नामा सहभागीहरूले अवैध रूपमा असुल गरिएको ऋण खारेज गर्न, मिटरब्याजीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले पीडितका समस्या समाधानमा राज्य गम्भीर नभएको आरोपसमेत लगाए ।
पीडितहरूले वर्षौंदेखि चर्को ब्याज तिर्दा पनि ऋण नघटेको, उल्टै घरजग्गा गुमाउने अवस्था सिर्जना भएको बताए ।
‘गरिबी र बाध्यताका कारण ऋण लियौं, अहिले ब्याजकै भारले जीवन संकटमा परेको छ,’ एक पीडितले भने ।
धर्नाका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै मिटरब्याज पीडितको पक्षमा प्रभावकारी कानुन कार्यान्वयन गर्न माग गरेका थिए ।
उनीहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


