कक्षा ११ का लागि जनकपुरधाममा निःशुल्क छात्रवृत्ति आवेदन खुला

जनकपुरधाम, ०४ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति आवेदन खुला गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै संस्थागत विद्यालयमार्फत छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाइएको जनाएको हो ।
उपमहानगरपालिकाका अनुसार संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ अनुसार विद्यालय स्तरीय छात्रवृत्ति वितरण समितिले नै छनोट परीक्षा सञ्चालन गर्नेछ ।
छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आफू अध्ययन गर्न चाहेको विद्यालयमै पुगेर आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएको छ ।
सूचनाअनुसार आवेदन फाराम भर्ने अवधि जेठ ४ गतेदेखि जेठ २० गतेसम्म तोकिएको छ ।
छात्रवृत्तिका लागि प्रवेश परीक्षा जेठ २२ गते बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन हुनेछ भने नतिजा जेठ २५ गते प्रकाशन गरिने जनाइएको छ ।
उपमहानगरपालिकाले विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
साथै, प्रवेश परीक्षाको पाठ्यक्रम सम्बन्धित विद्यालयबाट उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस सम्बन्धमा थप जानकारीका लागि हिसानका अध्यक्ष संजीव ठाकुरलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सूचना शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


