क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्दिनँ: युवा नेता निधि

जनकपुरधाम, ०३ जेठ । नेपाली कांग्रेसका युवा नेता सोनु निधिले १५औँ महाधिवेशनका लागि आफूले करिब एक वर्षअघि नै क्रियाशील सदस्यता नवीकरण गरिसकेको भन्दै पुनः सदस्यता अद्यावधिक नगर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निधिले १५औँ महाधिवेशन लक्षित प्रक्रिया अन्तर्गत आफूले समयमै सदस्यता नवीकरण गरिसकेको उल्लेख गरेका छन् ।
उनले पुनः अद्यावधिक गर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै अब थप प्रक्रिया पूरा नगर्ने निर्णय गरेको बताएका हुन् ।
‘१५औँ महाधिवेशनका लागि करिब एक वर्षअघि नै मैले आफ्नो क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँ । त्यसैले पुनः क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेको छु,’ उनले उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसभित्र महाधिवेशन केन्द्रित सदस्यता व्यवस्थापन र अद्यावधिक प्रक्रियाबारे विभिन्न तहमा चर्चा भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


