जनकपुरधाममा संस्थागत विद्यालय छात्रवृत्ति परीक्षाको अनुगमन

जनकपुरधाम, ०३ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने निःशुल्क छात्रवृत्ति कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रवेश परीक्षाको अनुगमन गरेको छ ।
नगर प्रमुख मनोज कुमार साहको नेतृत्वमा शिक्षा, युवा तथा खेलकुद विकास शाखाको टोलीले विभिन्न विद्यालयमा पुगेर परीक्षा सञ्चालन, व्यवस्थापन तथा विद्यार्थीहरूको सहभागिताबारे निरीक्षण गरेको हो ।
उपमहानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ अनुसार कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रक्रिया अघि बढाएको जनाएको छ ।
शिक्षा समितिका सदस्य तथा एन–प्याब्सनका नगर अध्यक्ष दिपक ठाकुरका अनुसार आइतबार बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै प्रवेश परीक्षा सञ्चालन गरिएको थियो ।
परीक्षामा विद्यार्थीहरूको उपस्थिति, परीक्षा व्यवस्थापन तथा निष्पक्षताबारे अनुगमन गरिएको उनले जानकारी दिए ।
उपमहानगरपालिकाका अनुसार प्रवेश परीक्षाको नतिजा जेठ ७ गते सार्वजनिक गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


