खेतको बाटो हुँदै भारत लैजान खोजिएको ट्रक नियन्त्रणमा, दुई पक्राउ

—श्याम कुमार ठाकुर
सिरहा, ०३ जेठ । सिरहाको सीमावर्ती क्षेत्रमा रातिको समयमा शंकास्पद रूपमा सञ्चालन भइरहेको एउटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
खेतको बाटो प्रयोग गर्दै भारततर्फ जाँदै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीका अनुसार स १ ख ५३५ नम्बरको ट्रक सीमाक्षेत्रमा बत्ती निभाएर आवतजावत गरिरहेको सूचनापछि विशेष निगरानी बढाइएको थियो ।
सोही क्रममा मध्यरातमा खेत हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
घटनामा नवराजपुर गाउँपालिकाका आनन्द यादवसहित दुई जना चालक पक्राउ परेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार ट्रकमा रहेको सामान तथा सम्भावित तस्करी गतिविधिबारे अनुसन्धान जारी छ ।
घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


