महोत्तरीमा खोलामा डुबेर बालकको मृत्यु

महोत्तरी, ०२ जेठ । महोत्तरीको लोहरपट्टी नगरपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
लोहरपट्टी नगरपालिका–४ गेउरस्थित खोलामा डुबेर स्थानीय धनबिर मण्डलका ११ वर्षीय छोरा सिदार्थ मण्डल गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार डुबेर अशक्त भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


