यातायात कार्यालय जनकपुरधामबाट तीन जना विचौलिया पक्राउ

जनकपुरधाम, ०१ जेठ । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले तीन जना विचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ निवासी २२ वर्षीय अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टु कुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग अनावश्यक झन्झट सिर्जना गर्दै आर्थिक लाभ लिन खोजिएको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले कार्यालय परिसर आसपास सक्रिय भई सेवाग्राहीलाई प्रभावित पार्ने गतिविधि भइरहेको सूचनापछि निगरानी बढाइएको बताए । सोही क्रममा तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


