विश्वासको प्रस्तावविरुद्ध जनमत पार्टीको ह्वीप

जनकपुरधाम, ३१ बैशाख । मधेश प्रदेश सरकारले ल्याउने विश्वासको प्रस्तावविरुद्ध मतदान गर्न जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।
जनमत पार्टीको संसदीय दलले बिहीबार एक सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार जेठ १ गते प्रस्तुत हुने विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न निर्देशन दिएको हो ।
संसदीय दलका नेता चन्दन कुमार सिंहद्वारा जारी गरिएको ह्वीपमा पार्टीका सबै प्रदेशसभा सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन र दलको निर्णयअनुसार विपक्षमा मतदान गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


