राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वर्मा नियुक्त

जनकपुरधाम, ३१ बैशाख । राजर्षिजनक विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. विद्यासागर वर्मालाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति स्तरबाट बैशाख ३० गते गरिएको निर्णयअनुसार प्रा.डा. वर्मालाई उक्त जिम्मेवारी तोकिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालय प्रशासनका अनुसार उपकुलपतिको नियमित नियुक्ति प्रक्रिया पूरा नभएसम्म विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यलाई निरन्तरता दिन उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।
राजर्षिजनक विश्वविद्यालय परिवारले प्रा.डा. वर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले उनको नेतृत्वमा विश्वविद्यालयको शैक्षिक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
प्रा.डा. वर्मा लामो समयदेखि शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
उनलाई दिइएको नयाँ जिम्मेवारीसँगै विश्वविद्यालयको नियमित कामकाजलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


