धनुषामा एक युवकमाथि खुकुरी प्रहार

जनकपुरधाम, २६ चैत । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–५ ललियास्थित साप्ताहिक बजार क्षेत्रमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट २५ वर्षीय श्याम सुन्दर मण्डल गम्भीर घाइते भएका छन् । मण्डलको घाँटीमा खुकुरी प्रहार भएकोले उनलाई गहिरो चोट लागेको छ । उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।
सोमबार राती करिब ९ः३० बजे ललियास्थित साप्ताहिक बजार क्षेत्रमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मण्डलमाथि सोही स्थानको दुर्गा मन्दिरको छेउमा खुकुरी प्रहार भएको हो ।
घटना स्थलमा पुगेका सहायक प्रहरी निरिक्षक रामजीवन चौधरीका अनुसार मण्डलमाथि अन्दाजी ५० वर्षीय विजय भन्ने व्यक्तिले खुकुरी प्रहार गरेका थिए ।
प्रहरीका अनुसार मण्डल र विजयबीच कुनै व्यक्तिगत विवाद भएको कारण खुकुरी प्रहारको भएको हो । तर, विवादको विशेष कारण बारे प्रहरीले थप अनुसन्धान गर्दैछ ।
विजय घटनामा संलग्न भएपछि फरार रहेको र प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी कार्य तीव्र बनाएको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


