सप्तरी प्रहरीद्वारा २४ क्विन्टल गाँजा नष्ट

सप्तरी, ८ चैत । सप्तरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा बरामद गरेको २४ क्विन्टल गाँजा नष्ट गरेको छ । मानव बस्तीबाट टाढा राजविराज नगरपालिका–१५ स्थित खाडो खोला छेउमा शुक्रबार उक्त लागुऔषध गाँजा नष्ट गरिएको हो ।
प्रहरीले डेढ महिना अगाडि उक्त गाँजा बरामद गरेको थियो । चोरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको र गोदाममा भण्डारण गरि राखिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार गाँजालाई खाडो खोला छेउमा आगो लगाएर नष्ट गरिएको हो ।
‘हामीले हालसम्म गरेको कारबाहीमा प्राप्त अन्य गाँजा एकै दिन नष्ट गर्न सम्भव नभएकाले प्रक्रिया पूरा गर्दै बाँकी गाँजा शनिबार नष्ट गरिने छ,’ प्रहरीले जनाएको छ ।
लागुऔषधको रूपमा प्रयोग हुने गाँजाको तस्करी बढ्दै गएको र प्रहरी अहिले नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका स्थानमा कडा निगरानी राख्दै छ ।
गाँजा नेपालमा बिक्रि गर्न कानूनी रूपमा बन्देज रहेको भएता पनि भारतीय बजारमा गाँजाको माग र मूल्य अत्यधिक रहेको छ । यसकारण, तस्करहरूले नेपालका विभिन्न स्थानमा गाँजाको खेति गर्दै खुल्ला सीमानाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिरहेका छन् ।
प्रहरीले सीमामा कडा निगरानी राखेर गाजा तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै, तस्करीलाई रोक्नका लागि विभिन्न उपायहरूको सहकार्य गरेर आगामी दिनमा यस किसिमका आपराधिक गतिविधिहरूलाई न्यूनतम बनाउने लक्ष्य राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


